प्यारी रञ्जिता, मिल्दा पनि मनैले मिलौं, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं : रेशम चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठलाई छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं भन्दै स्ट्याटस लेखेका छन् । सामाजिक सञ्जालमा लेख्दै चौधरीले मिल्दा मनले मिल्ने र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं भन्दै स्ट्याटस लेखेका हुन् ।
'अहिले म काठमाडौँमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल दुई जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ' चौधरीले लेखेका छन् 'यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।'
त्यस्तै चौधरीले श्रेष्ठलाई तीन तत्वबाट टाढा रहन पनि सुझाव दिएका छन् । 'तिमिलाई मेरो सुझाव छ रञ्जु, अहिले केहि दिन ३ तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग र भान्जी भन्नेसँग । यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ' चौधरीले भनेका छन् 'जसले तिमिलाई मन्त्रीज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो ।'
त्यस्तै आफूले रञ्जितालाई मुद्दा नहालेको चौधरीले दाबी गरेका छन् । 'प्यारी रञ्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन, निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारी गर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न, समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन्' चौधरीले लेखेका छन् 'केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौं । तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया