चीनले लगायो व्हाट्सएप र थ्रेड्समा प्रतिबन्ध, एप्पल एप स्टोरबाट पनि हट्यो
बेइजिङ- एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।
समाचारअनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाई हटाइदिएको हो ।
एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीनभित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।
अब चिनियाँ आईफोनमा व्हाट्सएप चल्दैन
चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार एप स्टोरबाट व्हाट्सएप र थ्रेड हटाउने जानकारी दिएपछि नयाँ तरंग उत्पन्न भएको छ ।
समाचारअनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो । तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युबले पनि चीनमा काम गरिरहेका छन् ।
चीनको साइबर स्पेस एडमिनिस्ट्रेशनको निर्णय
‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट व्हाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ’ एप्पलले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामीले जुन देशमा काम गर्छौं त्यसको नियम पालना गर्नुपर्छ, चाहे हामी उनीहरूको नियमसँग सहमत होस् वा नमानौं ।'
यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अब यो हेर्न बाँकी छ कि मेटाले चिनियाँ सरकारसँग वार्ता गर्छ र यसको एप चीनको एप स्टोरमा पुनः सूचीबद्ध गर्न नियमहरू परिवर्तन गर्छ कि गर्दैन ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया