असोजमा महँगी ३.७९ प्रतिशत
तरकारीमा मुल्यवृद्धि २३.१०, दाल तथा गेडागुडीमा १३.८६ प्रतिशत

काठमाडौं : असोजमा बजार भाउ ३.७९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको असोजमा मुद्रा स्फीति ६.२१ प्रतिशत थियो । राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीअनुसार असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत छ ।
२०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृदि्ध १३.८६ प्रतिशत रहेको छ । यस महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति थियो ।
असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२९ प्रतिशत थियो ।
यो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.८७ प्रतिशत, ८.७८ प्रतिशत र ३.१३ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया