संकल्प प्रस्ताव संविधानविपरीत छ, म संविधानको धाराअनुसार हिँड्छु : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानअनुसार नभएको बताएका छन् ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै संविधानमा नभएको अभ्यास गरेर प्रदेश सभालाई अपवित्र नबनाउन आग्रह गरेका छन् ।
उनले संविधानको धाराअनुसार मात्र आफ्नो सरकार चल्ने बताउँदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरे । उनले प्रदेश सभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउँदै फिर्ता लिन अनुरोध गरेका छन् ।
एमालेसहितका नेताहरूले मार्ग प्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीले आफू संविधानअनुसार नै अगाडि बढ्ने बताए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफू संविधानअनुसार मात्र चल्ने स्पष्ट गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेशलाई अनिश्चिततामा नलैजान आग्रह गर्दै सर्वदलीय सरकार बनाउन अपिल समेत गरेका छन् । उनले प्रदेशका सबै दललाई सहमतिको सर्वदलीय सरकार बनाउन समेत आग्रह गरेका छन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया