काठमाडौँ महानगरले २० जनालाई जुत्ता बनाउने तालिम दिँदै

काठमाडौँ- 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले जुत्ता बनाउने तालिम दिने भएको छ । यसअघि महानगरले विभिन्न क्षेत्रमा तालिम दिन इच्छुकलाई आवेदन खुला गरिसकेको थियो ।
व्यवसायीक रुपमा जुत्ता बनाउन चाहनेलाई तालिम दिन लागिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । ‘२० जना इच्छुकलाई तालिम प्रदान गरिन्छ,’ उनले भने,’ फारम भरेर २० जना पुगेपछि जुत्ता बनाउने तालिम सुरु गरिन्छ ।‘
महानगरले जुत्ता बनाउन इच्छुकलाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ । तालिममा सबै उमेर समूहका मानिसहरू सहभागी हुन पाउने सचिवालयका एक सदस्यले जानकारी दिए ।
पछिल्लो समय महानगरले विभिन्न विषयमा तालिम प्रदान गरिरहेको छ । अहिले पनि विभिन्न मानिसले साइबर सेक्युरिटीको तालिम लिइरहेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाले १९ गतेबाट टुँडिखेलमा २०८१ जना मानिसलाई तालिम दिने भएको छ । महानगरपालिकाले सहभागीलाई २२-२३ थरिका तालिम दिने तयारी गरेको छ ।
काठमाडौँमा रोजगारविहिनलाई वैकल्पिक रोजगार दिनलाई पनि यो तालिमले अवसर प्रदान गर्ने महानगरपालिकाको विश्वास छ । बेरोजगार युवाहरूलाई यी सीप सिकाएर रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित “सीप मेला -२०८१” सञ्चालन गर्दैछ । महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्ड फिल साइट प्रभावित क्षेत्रका बासिन्दा,फरक क्षमता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ/सडक/ठेलामा व्यापार व्यवसाय गरेका व्यक्तिहरूलाई प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिक सहभागी हुनसक्ने गरी यो सीप मेला सञ्चालन गर्ने भएको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया