गण्डकी सरकारले नारायणी नदीको किनारमा 'बिच पार्क' बनाउने
पोखरा : गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगाा, गिटी र बालुवा उत्खनन्, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यसबारे जानकारी गराएकी हुन् ।
गण्डकी प्रदेश सरकारले नारायणी नदीमा 'बिच पार्क' बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने जनाइएको छ । धौलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै बिदा पर्यटन कार्यक्रमले निरन्तरता पाउने भएको छ ।
नवलपुर, तनहुँ र कास्कीमा एकएक वन-पैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ । जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखामा वृक्षारोपणलाई निरन्तरता दिइने जनाइएको छ । गण्डकीको तल्लो तटबाट हिमालसम्म फैलिएको स्रोत, विविधता, प्रजातिको अभिलेखीकरणका लागि 'वायो डाइभर्सिटी प्रोफाइल' बनाइने कार्यक्रम प्रदेश सरकरको छ । मुस्ताङमा कस्तुरी संरक्षणका लागि केन्द्र स्थापना गरिने भएको छ ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया