सुदूरपश्चिममा सरकार दाबी गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदै

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदै छ ।
यसअघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।
प्रदेश प्रमुख नजिर मियाँले आज बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् ।
यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै दाबी पेस गरेका थिए । तर, लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आव्हान गरेका थिए ।
सत्ता समीकरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि एकीकृत समाजवादीले दिर्घ सोडारीलाई अगाडि सारेको छ । तर, सोडारी विवादस्पद व्यक्ति भएको भन्दै एमालेले विकल्प खोज्न भनेपछि यो विषय पेचिलो बनेको छ । यता एकीकृत समाजवादीको सचिवालय बैठकले भने सोडारीलाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको छ । अब एमालेले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने तयारी गरेको छ ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया