सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा १ मा अङ्ग्रेजी

टीकापुर- कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।
पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए ।
पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुने गरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।
गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकारात्मक भई बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताए । 'निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?' उनले प्रश्न गरे, 'अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।'

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

प्रतिक्रिया