सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई

काठमाडौँ- नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने भएको छ ।

बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ ।

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह बी मा समूह विजेता बनेको छ । ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह बी को उपविजेता बनेको छ ।

अब सेमिफाइनलका खेलहरू शुक्रबार हुने छन् ।