एसीसी प्रिमियर कप : नेपालको लगातार चौथो जित

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ ।
समूह 'ए' अन्तर्गत अल अमेरातमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको छ । यस समूहबाट हङकङले पनि अन्तिम चारको यात्रा सुनिश्चित गरेको छ ।
बुधबारको खेलमा साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान नजिबले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले तय गरिएको ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले ३७ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट हात पारे ।
समूह 'ए' कै अर्को खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गर्यो । जितका लागि चाहिएको १ सय ४१ रनका लक्ष्य हङकङले १२ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया