सुदूरपश्चिममा फेरि लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

धनगढी- मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भए पनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ ।
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ ।
एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरू केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारीबाहेक जो भए पनि आफूहरूलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ ।
एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया