आईपीएल : कलकतामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कलकता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पारेको छ ।
मंगलबार राति सम्पन्न खेलमा राजस्थानले कलकताविरुद्ध २ विकेटको जित हात पारेको हो ।
जितसँगै शीर्ष स्थानमा रहेको राजस्थानले ७ खेलबाट १२ अंक जोडेको छ । यता दोस्रो स्थानको कलकताको ६ खेलमा ८ अंक छ ।
मंगलबार रातिको खेलमा २ सय २४ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
राजस्थानको जितमा जोस बटलरले ६० बलमा ९ चौका र ६ छक्काको मदतमा १ सय ७ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन जोड्दा सुनिल नारायणले ५६ बलमा १ सय ९ रन बनाए । उनले १३ चौका र ६ छक्का हिर्काए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया