३००० नाघ्यो सेयर बजार, ४२ खर्बको बजार पुँजीकरण
जीडीपीको अनुपातमा ९८ प्रतिशत पुग्यो सेयर बजार पुँजीकरण

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचकले कीर्तिमानी अंक बनाएको छ । नेप्से ४२.७२ अंकले बढ्दा ३०२५.८३ बिन्दुमा पुगेको हो ।
चार कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेकर लागको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक सय चार रुपैयाँले बढेर एक हजार एक सय ४४ रुपैयाँ कायम भएको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर दुई सय ७५ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावरको मूल्य ३१ रुपैयाँले बढेर तीन सय ४१ रुपैयाँमा कारोबार भएको थियो । घलेम्दीको सेयर भाउ ३२ रुपैयाँले बढेर तीन सय ५२ रुपैयाँमा कारोबार भएको थियो । त्यसबाहेक आठ कम्पनीको सेयर मूल्य नौ प्रतिशत दरले बढेको थियो ।
बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ । एक लाख ७५ हजार चार सय ११ पटकको कारोबारमा तीन करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया