सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मन्त्री थापाको सक्कल मिसिल झिकाउन सर्वाेच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले कर्णाली सरकारका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाको नाउँमा कीर्ते जालसाजीमा रिटमा मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। 

सर्वाेच्च अदालतका न्यायाधीश दीपकुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल छिटो माध्यमबाट झिकाउन आदेश दिएको हो ।