मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

वीरगंज - मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् ।
प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । तर, जनमत पार्टीको विरोध पछि बैठक केही समयको लागि स्थगित गरिएको थियो । तर १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक पुन: सुरु हुन सकेको छैन।
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया