आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

तीन महिनामा शोधानान्तर बचत १ खर्ब, रेमिट्यान्स १२ प्रतिशतले बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर स्थिति बचतमा पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार शोधानान्तर बचत १ खर्ब १ अर्ब ९ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यो १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । शोधानान्तर स्थितीमा सबैभन्दा बढी टेवा पु-याउने रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको छ । बैंकको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको थियो ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । रेमिट्यान्सपछिको दोस्रो ठुलो योगदान गर्ने प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आएको छ । २ अर्ब ९२ करोड रुपैयाँ मात्रै कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रुपैयाँ थियो ।