हैदराबादले ३०० रन बनाउन खोजिरहेको अस्ट्रेलियन ब्याटर हेडको भनाइ
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादका ब्याटर ट्राभिस हेडले जारी आईपीएलमा हैदराबादले ३ सय रन कटाउने लक्ष्य राखेको बताएका छन् ।
सोमबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैँगलुरुविरुद्ध हैदराबादले कीर्तिमानी २ सय ८७ रन बनाएपछि हेडले आफ्नो टिमको लक्ष्य ३ सय रन कटाउने रहेको बताएका रोयटर्सले जनाएको छ ।
यसअघि हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको थियो । उक्त कीर्तिमानलाई तोड्दै हैदराबादले बैँगलुरुविरुद्ध २ सय ८७ रन बनाएको हो ।
बैँगलुरुविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यान हेडले ४१ बलमा १ सय २ रन बनाएका थिए । अस्ट्रेलियाकै प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबादले बैँगलुरुलाई २५ रनले पराजित गरेको थियो ।
हेडका अनुसार हैदराबादसँग हेनरिच क्लासेन, अब्दुल सामाद र नितिस कुमार जस्ता विष्फोटक ब्याटर रहेका कारण आफ्नो टिमले ३ सय रन बनाउने लक्ष्य राखेको बताए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया