अर्जेन्टिनाले मेरो भरमा मात्रै खेल्दैनः लियोनल मेस्सी

काठमाडौँ: कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । मंगलबार बिहान हुने खेल अगाडि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो टिमका बारेमा प्रतिक्रिया दिएका छन् ।
‘बाहिर भनिए जस्तो अर्जेन्टिना कहिले पनि मेरो भरमा मात्रै खेलेको छैन । अर्जेन्टिना समग्रमा राम्रो टिम हो । प्रतिभाशाली खेलाडीहरूको समूह छ,’ मेस्सीले ब्राजिलियन सञ्चार माध्यमहरूसँग भनेका छन् ।
बार्सिलोनाका समेत कप्तान रहेका मेस्सी लामो समय यता विश्व फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडी रहेको मानिँदै आइएको छ । क्लबस्तरमा च्याम्पियन्स लिग, स्पेनी लिग, क्लब विश्वकपलगायतका महत्वपूर्ण उपाधि जितेका मेस्सीले अर्जेन्टिनाबाट भने उल्लेख्य मुख्य प्रतियोगिता जित्न सकेका छैनन् ।
त्यसकारण मेस्सीका लागि ब्राजिलमा सुरु कोपा अमेरिका अर्जेन्टिनाको जर्सीमा उपाधि जित्ने मौका हुनसक्छ । उसो त मेस्सी सन् २०१५ र २०१६ मा कोपा अमेरिकाको उपाधि नजिक पुगेका थिए । तर दुवै अवसरमा अर्जेन्टिना चिलीसँग निराश बन्यो ।
‘हामीले जितबाट प्रतियोगिताको सुरुवात गर्नुछ । त्यसपछि हामी सहज अवस्थामा रहनेछौँ । यद्यपि चिलीसँगको खेल सहज भने हुने छैन । चिली निकै नै कठिन विपक्षी हो,’ मेस्सीले भने ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया