आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।
नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

प्रतिक्रिया