रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।
सोमबार निरीक्षण भ्रमणको क्रममा मन्त्री उप्रेतीले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गरेका थिए ।
भ्रमण दलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाह, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी लगायत आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया