न्यायपालिकाको पुन:संरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति

काठमाडौँ- नेपाल बार एसोसिएसनले न्यायपालिकाको पुन:संरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुन:संरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो ।
नेपाल बारले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सविता भण्डारी बराल, चन्द्रकान्त ज्ञवाली, खम्वबहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने सदस्य रहेका छन् ।
नेपाल बारले न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने बताएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया