आकार घटाएर बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार घटाएर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरेको छ । आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने तयारी गरेको छ ।
आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले बजेटको सबै तयारी पूरा भएको बताए। उनकाअनुसार बजेटको आकार चालु आर्थिक वर्षकोभन्दा कम हुनेछ । २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो । चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी महामारी नियन्त्रण केन्द्रित बजेट आउने बताए । ‘सुदूरपश्चिम कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्थामा अन्य क्षेत्रभन्दा हामीले स्वास्थ्यलाई नै प्राथमिकतामा राख्ने गरी बजेट ल्याउने तयारी गरेका छौ,’ मन्त्री शाहले भने, ‘स्वास्थ्यबाहेक कृषि, शिक्षासंगै प्रदेशका विकट पहाडी जिल्लाहरुको विकासका लागि उपयुक्त बजेट विनियोजन हुन्छ ।’
मन्त्रालयले आत्मनिर्भरताको विशेष कार्यक्रमसहित प्रदेश गौरवका बहुवर्षीय आयोजना तथा क्रमागत योजना सम्पन्न गर्न बजेटमा जोड दिइने जनाएको छ । राजनीतिक किचलोमा अल्झिएको सुदूरपश्चिम सरकारले ऐन संशोधन गरी छोटो बाटोबाट नीति तथा कार्यक्रम ल्याएको थियो । सुदूरपश्चिम प्रदेशमा अघिल्ला वर्षहरुमा बजेट ल्याउनुपूर्व जेठ १५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम ल्याएर प्री–बजेट छलफल हुने गरेको थियो ।
तर, यसवर्ष भने २७ जेठमा मात्रै प्रदेशसभामा नीति तथा कार्यक्रम पेश भएको थियो । सरकारले चालू आर्थिक बर्षका लागि ल्याएको बजेट आर्थिक बर्ष सकिन एक महिना बाँकी रहदासम्म पनि ३५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया