आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बाह्र वर्षीय बालकले बनाए विद्युतीय स्कुटर

सांकेतिक तस्बिर

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गरेका हुन् । 

महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात दिनमै सफल भएको रिमालले बताए । आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिएकाले सम्भव भएको उनको भनाइ छ । एकपटक पूर्णरुपमा चार्ज गर्न करिब डेढ घण्टा लाग्ने र करिब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कुटर बनाएको निश्चलको भनाइ छ । 

 “विद्युतीय स्कुटर बनाउन सात दिन लाग्यो”, निश्चलले भने, “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु”।  निश्चलले स्कुटरमा मोटर, चार्जर, स्कुटरको पाङ्ग्रालगायत उपकरण जडान गरेका छन् ।

छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएको पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिए । छोराले आवश्यक सामग्री अनलाइनमार्फत खरिद गर्न माग गरेकाले आफूले सोहीअनुसार सहयोग गरेको उनको भनाइ छ । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ”, नारायणले भने, “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।”

नेपाल पुलिस स्कुलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयको अतिरिक्त कृयाकलापमा  विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताए । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाई छ ।

‘‘पाँच कक्षा पढ्ने १२ बर्षीय बालकले बनाएको विद्युतीय स्कुटर देखेपछि हामी पनि छक्क परेका छौँ”, प्रधानाध्यापक रायक्षेत्रीले भने, “उहाँको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौँ ।”
रासस

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?