आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

एमजिको अफर : ‘नयाँ वर्ष २०८१ को बहार एमजिसँग आकर्षक उपहार’

काठमाडौँ- एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहकहरूको लागि ‘नयाँ वर्ष २०८१को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत एमजिको  ईभि मोडलमा ग्राहकहरूले निःशूल्क टायर, ७ किलोवाटको एसि चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरू लिन सक्नेछन् ।
 
अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन् “सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरूमा उत्कृष्ट एमजिका सबै गाडीहरू (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहकमहानुभावहरूलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं । नव वर्षको सुरुवात एमजिसँग गरौँ भन्दै देश तथा विदेशमा वसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८१को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”

सय वर्षलामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्रण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउदै आएको छ । ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरूले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरू यूरोपेली कानून र ग्राहकहरूको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरू बेलाएतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरूले गर्छन् ।

अहिले नेपालमा एमजि ४ ईभि, जेडएस ईभि, कोमेट ईभिगरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन÷हाइब्रिड सवारीहरू उपलब्ध छन् । यी सबै सवारीहरूमा कम्पनीले फरक फरक अफरहरू उपलब्ध गराएकोछ । कम्पनीको अनुसार एमजिका गाडीहरूमा अधिक्तम ७ लाखको नगद छुटसंगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरूयस योजनामा समावेश छ र  यो योजनामा सर्तहरू पनि लागू हुनेछ।
 

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?