आँखालाई आराम छ ?
कोरोनाको कारणले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिए । जसका कारण मानिसहरुले थुप्रै प्रकारका स्वास्थ्य समस्याहरु घरैमा पालेर बस्न बाध्य भए । त्यसमध्ये आँखाको समस्या पनि एक हो ।
लकडाउन खुलेसँगै सुगममा मानिसहरु आँखाको सेवा लिन थालेपनि दुर्गमका मानिसहरु सेवाबाट बन्चित छन् । अस्पताल जान नपाउँदा धेरैलाई आँखाको समस्या बढेर गएको पाइएको छ । केहीले भने अस्पतालका डाक्टरहरुले दिने काउन्सिलिङ मै चित्त बुझाइरहेका छन् । आँखाको समस्यामा सबैलाई काउन्सिलिङ गरेर समाधान हुन्छ भन्ने छैन । अस्पताल नगइ निको नहुने अवस्था पनि आउन सक्छ ।
अहिले बालबालिकाहरु स्कुल गएका छैनन् । घरमै बसेर खेल्दा/उफ्रिदा लडेर चोटपटक लाग्ने हुन सक्छ । यस्तो बेलामा पनि धेरै समस्या पर्ने गरेको छ । त्यस्तै वृद्ध, उच्च रक्तचाप र मधुमेहका रोगिहरुमा पनि आँखाको विभिन्न समस्या देखिने गरेको छ ।
मोबाइल र कम्प्युटर धेरै चलाउनुहुन्छ ?
अहिले अधिकांश मानिसहरुले ‘स्क्रिन’मा आफ्नो समय बिताइरहेका छन् । त्यसले पनि आँखामा थुप्रै खालका समस्याहरु देखिएका छन् । पहिला दिनभरी स्कुल गएर पढ्ने बालबाबलिकाहरु पनि अहिले दिनभरी घरमा बसेर मोबाइल र कम्प्युटर चलाइरहेका छन् । कतिपय विद्यालयहरुले अनलाइन कक्षा सुरु गरिदिएको छ । यस्तो बेलामा मोबाइल, ल्यापटक र कम्प्युटरबाट टाढा भएर उनीहरु बस्न सक्दैनन् । त्यस्तै, अभिभावकहरुको पनि अवस्था त्यही छ ।
उनीहरुमध्ये कतियले ‘वर्क फ्रम होम’ भन्दै घरैबाट काम गर्न सुरु गरेका छन् । परिवारका ठूला-साना सबै सदस्यले धेरैभन्दा धेरै समय स्क्रिनमा बताइरहेका छन् ।
ध्यान दिनुपर्ने कुराहरु :
- काम परेको बेलामा मात्र मोबाइल, ल्यापटप र कम्प्युटरको प्रयोग गर्ने
- लगातार लामो समयसम्म स्क्रिनमा नबस्ने ।
- बीचबीचमा आराम गर्ने ।
- बेलाबेलामा चिसो पानी छ्यापेर आँखा पखाल्ने ।
- कोठाभित्र मात्रै बसिरहँदा पनि आँखालाई त्यति राम्रो हुँदैन । त्यसैले, बेलाबेलामा घरभन्दा बाहिरको हरियाली वातावरण नियाल्ने ।
- आफ्ना ग्याजेटसँग मात्रै नभएर परिवारका सदस्यहरुसँग पनि कुराकानी गर्ने ।
- राति अबेरसम्म नबस्ने ।
- पौष्टिक खानेकुराहरु खाने ।
लामो समय स्क्रिनमा बिताउँदा आँखा सुख्खा भएर आँखासम्बन्धि अन्य समस्याहरु पनि देखिन सक्छ । आँखाको समस्यालाई सामान्य भनेर हेलचेक््रयाइँ गर्दा यसले भोलिको दिनमा निकै दुःख दिन सक्छ ।
यस्तै, खानपानको कारणले पनि असर गरिरहेको देखिन्छ । भिटामिन ‘ए’ भएका हरियो सागपात र भिटमिन ‘बी’ भएका पहेँलो खानेकुराहरु जस्तैः फर्सी, मेवाले आँखालाई राम्रो गर्छ । तर, बन्दाबन्दीले मानिसहरुले बाहिरबाट आफूले भनेको जस्तो खानेकुरा ल्याएर खान पाएनन् । यसले पनि आँखालाई प्रत्यक्ष असर गरिरहेको छ । (कुराकानीमा आधारित)

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्लास्टिकको बोतलमा पानी पिउनेहरुलाई हृदयाघातको जोखिम अधिक

लामखुट्टे भगाउने मेसिनले बनाउन सक्छ तपाईंलाई बिरामी

कलेजो बलियो बनाउन खानुहोस् यी पाँच आयुर्वेदिक औषधि

प्रतिक्रिया