विपद्बाट एक वर्षमा ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौँ- विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ ।
गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए । गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो ।
मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए । आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो ।
यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए । त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए ।
गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो । रासस

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

आज बुद्ध जयन्ती मनाइँदै

घर भाडामै सक्यो ६० लाख

आज तपाइको राशिफल कस्तो छ?

दही र महीको माग बढ्दै

प्रतिक्रिया