इजरायलमाथि हमला गरेकोमा इरानी संसद्मा उत्सव

तेहरान- हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेपछि नयाँ युद्ध सुरू भएको हो ।
यति मात्र होइन इरानले इजरायलमाथि आक्रमण गरेपछि इरानी संसद्मा पनि उत्सव मनाइएको थियो भने देशभरका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन् ।
सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ ।
यी सबै घटनाका बीचमा इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अप्रेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन् । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।
इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले भने ‘अप्रेशन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो । इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन । यद्यपि यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अप्रेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ ।’
इरानी सञ्चारमाध्यमका अनुसार संसद्का सभामुख (मजलिस)ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन ।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_QS7zVqLtG4_zf6my1ucmsuktjkfbqtbxckd1cio1siqkyimm3vfaomlbrgire6isufk4o0m.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया