ललितपुरमा यी सार्वजनिक विदाको दिनमा पनि सरकारी कार्यालय खुल्ने

काठमाडौँ- २०८१ सालको सार्वजनिक विदाका दिनमा पनि ललितपुरमा अत्यावश्यक सेवा प्रवाह गर्न कार्यालयहरू सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सरकारले दिएको विभिन्न विदाका दिन अत्यावश्यक सेवा प्रवाहका लागि जिल्लाका सम्बन्धित कार्यालयमा व्यवस्था मिलाएको जनाएको छ ।
सार्वजनिक विदा, पर्व विदा, दिवस विदा र जन्मजयन्ती विदाका दिनहरूमा जिल्लाका कार्यालय सञ्चालन गर्ने ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।
उनका अनुसार सरकारले निर्णय गरेर सार्वजनिक विदा दिएको इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) बकर ईद (ईद उल अजहा) र रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिनमा पनि पूर्णरुपमा सेवा प्रवाह गरिनेछ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया