खानेपानी मुगुका कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जनाविरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।
आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ । आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया