एमालेको विश्वास : केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्छ

काठमाडौँ- नेकपा एमालेले केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भएपनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे ।
संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । ज्ञवालीले सरकारबाट अप्रत्यासित हट्नु पर्दाको प्रतिशोध स्वरूप कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेको तर्क गरे ।
सचिवालय बैठकले वैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डा तय गरेको छ । २१ सय ५३ महाधिवेशन प्रतिनिधि र विभिन्न आयोगका पदाधिकारीसहित २५ सय सहभागी हुने बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठनिक प्रतिवेदन पेस गर्ने ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि परिषदको बैठकबाट आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउने गरी तयारी गर्न आवश्यक निर्णय हुने एमालेले जनाएको छ । बैठकले नयाँ समीकरण र सरकारको जनकारवाहीका बारेमा छलफल भएको र सरकारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको ज्ञवालीले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया