स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा एक लाख जित्ने मौका

काठमाडौँ- नयाँ वर्षसँगै रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई-सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ । यसरी पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले रु १ लाख जित्ने मौका पाउने छन् । अप्रिल १३ राति १२ बजेदेखि लागू भइ २०२४ जुलाई १५ सम्म मान्य हुने ई-सेवाले जनाएको छ ।
ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, 'ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्ध छौँ । स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारू भएसँगै अब रोमानिया बस्दै गर्नु भएको नेपालीहरूले ई-सेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई अफरको फाइदा लिन सक्नुहुनेछ ।'
ईऔसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ई-सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका दुई करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_XUvdg3cXt5_1yeehguqlqp2mtjuccd2digupwofsy690ibu9qmxjnqq5qogdvqw0s7h8vji.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया