भीम रावलको टिप्पणी : सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको टिप्पणी गरेका छन् ।
सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबी पेस गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
नेता रावलले यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको औचित्य नभएको बताएका छन् ।
उनले भनेका छन्, 'कोशी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकांक्षाविपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया