हेटौंडाको बासुदेव सभा गृहमा उपमहानगरले बहुउद्देश्यीय भवन निर्माण गर्ने

हेटौंडाः शाही कालमा हेटौंडामा एक सभा गृह बन्यो । तर, त्यो सभा गृहको निर्माण पूरा हुनै सकेन । हेटौंडाको हुप्राचौरम बनेको त्यो सभागृहलाई दिपेन्द्र सभा गृह पनि भनिन्थ्यो । तर पछि ६२/६३ जनआन्दोलनका क्रममा सहिद भएका मकवानपुरका बासुदेव घिमिरेको नाममा ‘बासुदेव सभा’ गृह नामाकरण भयो । एक दशक लामो समयदेखि बासुदेव सभा गृह भग्नावशेष अवस्थामा छ । करिब १० कट्ठा क्षेत्रफल सभागृह वरपर छ । हेटौंडाको खुल्ला मैदान हुप्राचौरलाई मासेर सभा गृह निर्माण भएको थियो ।
सुविधा सम्पन्न सभा हल निर्माण गरिए पनि सभा हलको मापदण्ड पूरा हुन सकेन । भवन अलपत्र पर्यो । त्यसो त बासुदेव सभा गृह संचालनमा आउनै सकेन । हेटौंडा–४ का स्थानीय प्रताप विष्टले भवन निर्माण कार्य पूरा नभएका कारण संचालन आउन नसकेको बताए । सभा गृह प्रयोगविहीन हुँदा कुनै पनि कार्यक्रम सञ्चलान हुन नसकेको हेटौंडा–४ का वडासदस्य राजेन्द्र कुमार बस्ताकोटीले बताए ।
बासुदेव सभा गृहमा राजा विरेन्द्रको शालिक छ । जुन भग्नावशेष अवस्थामा भए पनि राप्रपा मकवानपुरले केही रंगरोगन गरेको छ । दशकभन्दा अघिदेखि भवनको कुनै उपयोग नै हुन सकेन । अहिले भवन लागूऔषध प्रयोगकर्ताहरूको अखडा बनेको छ । हेटौंडा उपमहानगरले बासुदेव सभा गृहको संरचनालाई भत्काएर बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरले नगरको गौरवको आयोजनाको रूपमा बहुउद्देश्यीय भवनलाई लिएको छ ।
हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले नगरको आफ्नै आयस्रोत वृद्धि गर्न बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको जानकारी दिए । यसअघि सोही ठाउँमा भ्यू टावर निर्माण गर्न बागमती प्रदेश सरकारले आव ०७५/०७६ मा १ करोड बजेट समेत विनियोजन गरेको थियो । तर भ्यूटावर बनेन ।
फेरि यो पटक हेटौंडा उपमहानगरले बासुदेव सभागृहको संरचना भत्काएर बहुउद्देश्यीय भवनको कल्पना गरेको छ । नगरले बनाउने सिटी भ्यू टावरसहित बन्ने भवनमा होटल, बैंकलगायत अन्य व्यवसायिक सटरहरू हुनेछ । अन्डर ग्राउन्ड पार्किङको व्यवस्थापन गर्ने योजना रहेको मेयर महतले बताए । उनका अनुसार नगरले सिटी भ्यू टावरको डिपिआर सम्पन्न गरिसकेको छ । यही हप्तामा करिब ९६ करोडको लागतमा बन्ने बहुउद्देश्यीय भवनको टेन्डर आह्वान हुने मेयर महतले बताए । बहुवर्षको रूपमा सभागृहलाई भत्काएर निर्माण गर्न समय लाग्ने र एक अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।
उनले आफ्नो कार्यकालमा यो आयोजनाको सुरुवात गर्ने बताएका हुन् । सधै बजेटमा संघको भर पर्न नहुने भन्दै हेटौंडा उपमहागनरले राजश्वको आम्दानी बढाउन बहुउद्देश्ययी भवनको निर्माण सुरु गर्न लागेको मेयर महतले बताए ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया