सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

एसीसी प्रिमियर कप : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

समूह 'ए' अन्तर्गत टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

नेपालका लागि आशिफ शेखले ५२ रन तथा कुशल मल्लले ३५ रन जोडे । दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले अन्तिम ओभरमा ६ वटा छक्का हिर्काए ।

कतारका लागि हिमान्शु राथोडले ३ तथा मुसावर शाहले ३ विकेट हात पारे ।

यसअघि नेपालले शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । कतारले भने हङकङसँग २६ रनको पराजय भोगेको थियो ।