एसीसी प्रिमियर कप : यूएईको लगातार दोस्रो जित, कुवेत पनि विजयी

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले लगातार दोस्रो जित हात पार्दा कुवेत पनि विजयी भएको छ ।
समूह 'बी' अन्तर्गत शनिबार भएको खेलमा यूएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । यसअघि शुक्रबार यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।
शनिबारको खेलमा यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनायो ।
यसअघि पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३६ रन जोड्यो ।
अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गर्यो । जितका लागि चाहिएको १ सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर २ बलमा केवल २ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि पहिले ब्याटिङ गरेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन जोड्यो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया