हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो
काठमाडौँ- युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए ।
उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए । 'युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ,' उनले भने, 'यद्यपि अरू मुलुकमा निर्यातको अवस्था मध्यम छ ।'
हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया