सिन्धुपाल्चोकमा चट्याङ लागेर १६ बाख्राको मृत्यु , तीन जना मानिस घाइते

काठमाडाैँ । सिन्धुपाल्चोकमा चट्याङ लागेर १६ बाख्राकाे मृत्यु भएको छ । बिहीबार साँझ हावाहुरी र असिनापानीसंगै आएको चट्याङ लागेर बाख्राकाे मृत्यु भएकाे सिन्धुपाल्चोकका पत्रकार फूलमान तामाङले जानकारी दिए ।
इन्द्रावती गाउँपालिका ४ मुले स्याङबो टोलकै सुर्य बहादुर तामाङको १ तले गोठमा चट्याङ लागि गोठ पूर्ण रुपमा क्षति भएको छ । साथै सोही गोठमा रहेको ११ वटा बाख्रा मरेका छन । यसैगरी सोही ठाउँका पदम बहादुर तामाङको एक बाख्रा , मेमा लामाको तीन वटा बाख्रा र तामाङको एक वटा बाख्रा चट्याङ लागी मरेका छन् ।
यस्तै, ईन्द्रावती गाउँपालिकास्थित विभिन्न ठाउँका तीन जना मानिससमेत घाइते भएका छ्न् । घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ मुलेका ४२ वर्षका भोज बहादुर तामाङ , सोही ठाउँ बस्ने १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेका छन ।
चट्याङ्ग लागि घाइते भएका उनीहरुलाई स्थानीय नवलपुर अस्पतालमा उपचार गरे पश्चात् घर पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

व्यवसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

पश्चिम नवलपरासीमा रोपाइँ सुरु

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

कृषि उत्पादन, उद्यमशीलता, बाँझो जमिनको उपयोगबारे श्रम मन्त्रालय र कनेक्ट किसान…

प्रतिक्रिया