घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार

काठमाडौँ - प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।
गएराति सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।
त्यस्तै गएराति नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २-० ले पराजित गरेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया