नेप्से परिसूचक पुरानो उच्च रेकर्ड नजिक

काठमाडौं । सेयर बजार परिसूचक यसअघिको सबैभन्दा उच्च बिन्दूको नजिक पुगेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार एकै दिन ६४.७ अंक अर्थात् ३.५७ अंकले बढेर १,८७४.८१ अंकमा पुगेको छ । सेयर बजारमा उछालले पुरानो ‘रेकर्ड ब्रेक’ गर्ने संकेत देखिएको छ ।
नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेपछि झण्डै तीन वर्ष वियरिस ट्रेण्डमा अघि बढ्यो । लकडाउनपछि नेप्सेमा कारोबार शुरु भएपछि बजार उकालो लाग्ने क्रम शुरु भएको हो ।
मौद्रिक नीतिले शेयर धितोमा कर्जा खुकुलो बनाएपछि सेयर बजारमा लगानी बढ्न थालेको हो । आज नेप्सेमा १९६ कम्पनीका ५ अर्ब १३ करोड १८ लाख रुपैँया मूल्य बराबरका एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर ४२ हजार एक सय ५१ कारोबारबाट किनबेच भएका छन् । आज होटल उपसमूहबाहेकका अन्य सबै उपसमूहको परिसूचक उकालो लागेका छन् ।
कोभिड–१९ का कारण बैंक तथा वित्तिय संस्थाको नाफा गर्ने क्षमतामा कमी आएको र त्यसको असर लाभांशमा परे पनि बैंक तथा वित्तिय संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण घटेको छैन । आज एनएमबी लघुवित्त कम्पनी र विशाल बजार कम्पनीकोे सेयर १० प्रतिशतले बढेको छ । यसका अतिरिक्त नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र अजोड इन्स्योरेनस लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया