भारतमा बस दुर्घटना, ६ जना स्कुले बालबालिकाको मृत्यु

नयाँदिल्ली - भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो ।
प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरबाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।
एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ ।
निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।
हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
रासस

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया