त्रिवेणीले नेपाली बजारमा ल्यायो विद्युतीय प्यासेन्जर भेइकल र कार्गो भ्यान

काठमाडौँ- त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यानका रुपमा दुई वटा विद्युतीय गाडी भित्र्याएको छ । त्रिवेणीले डोंगफेंग कम्पनीका डीएफएसी इभी ३२ गाडीहरू नेपाल ल्याएको हो ।
नेपाली बाटोलाई सुहाउने १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीहरूमध्ये प्यासेन्जर भेइकलमा १३+१ सिट क्षमता रहेको छ । त्यसैगरी कार्गो भ्यानमा २ सिट क्षमता छ भने यसमा ८.५ घन मिटरको कार्गो बक्स रहेको छ ।
एक पटकको फूल चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने यो गाडीमा ५०.२३ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ । १०० किलोमोतर प्रतिघण्टासम्मको तीब्र गतिमा चलाउन सकिने यी गाडीहरूलाई मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ । यी गाडीमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।
अत्याधुनिक सुबिधासम्पन्न र आरामदायी यात्राका लागि उपयुक्त यी विद्युतीय गाडीहरू नेपाली ग्राहक र यात्रुहरूको रोजाइमा पर्ने त्रिवेणी मोटोकार्पले जनाएको छ । यी गाडीहरूको लागि काठमाडौँको जोरपाटीमा सर्भिस सेन्टरमा राखिएको छ भने पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा कार्यालय रहेको छ ।
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_fWyXfL1GcQ_ict3odqaly2ytdzllel5w2qn4tjyawyqwcu1uwsxun64fvybfrjicax5cvdp.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

प्रतिक्रिया