दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

सियोल - दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।
राष्ट्रिय निर्वाचन आयोगका अनुसार स्थानीय समय अनुसार बिहान छ बजे देखि मतदान सुरु भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ छ वजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।
राष्ट्रिय सभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।
प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ । यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६.२ प्रतिशत मतदान भएको थियो ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया