मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी

तेलअहिव- हमासको ‘आपतकालीन समिति’का प्रमुख हतेम अल घामरी मारिएका छन् ।
मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’का प्रमुख घामरी मारिएका हुन् ।
सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो ।
इजरायली रक्षा सेवाका अनुसार घामरी हमासको सैन्य शाखामा पनि एक प्रमुख अपरेटिभको रूपमा रहेका थिए, जो माघाजी शरणार्थी शिविर क्षेत्रबाट रकेट आक्रमणका लागि जिम्मेवार थिए ।
साथै सो आक्रमणमा परी अन्य पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी मिडियाले जनाएको छ ।
उता युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न इजरायलले अस्वीकार गरेको छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएको छ ।
तर, युद्धविरामको प्रस्ताव अघि बढाएको उग्रवादी समूह हमासले जनाएको छ ।
इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले काइरोमा इजरायलसँग युद्धविराम गर्नका लागि बोलाइएको वार्तामा हमासलाई प्रस्ताव पठाइएको थियो, जसमा दुवै पक्षबाट कैदी आदानप्रदानको बदलामा लडाईं रोकिने छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया