राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १:१५ बजे बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।
राष्ट्रियसभा सदस्य दुर्गा गुरूङले ‘राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले ‘राष्ट्रियसभा सदस्य बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी हुन् भने सत्ता गठबन्धनबाट एमालेकी घिमिरेले हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनीत २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया