उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिह्न समेत प्रदान गरेको छ ।
आयोगका अनुसार इलाम-२ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ ।
त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।
बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन । इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

प्रतिक्रिया