उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा वैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।
साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा वैशाख २ गतेदेखि नै मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया