गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

काठमाडौं : कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ । संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष पारस मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् । दीप श्रेष्ठले दुई हप्ता ह्याम्स अस्पतालमा बिताएका थिए ।
दीप श्रेष्ठ बिरामी भएसँगै उनको उपचारका लागि सरकार अघि सर्नुपर्ने भन्दै संगीतकर्मीले आवाज उठाएका थिए । तर, सरकारले उनको उपचारका लागि ठोस सहयोग नगरे पनि पूर्व राज्यमन्त्री रामवीर मानन्धरले उनलाई अस्पतालमा गएर भेटेका थिए । थुप्र्रै कालजयी गीतमा आवाज दिएका श्रेष्ठ पछिल्लो समय भने भ्वाइस अफ नेपालमा कोच रहेका छन् ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया