कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायमै

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ ।
सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए ।
कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शीर्ष चार दलका नेताहरूसँग छलफल गर्दै छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया