बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

सुनको तोलाको १ लाख ३६ हजार बढी

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य ७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ३५ हजार ५५० मा कारोबार भएको छ । 

आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० र तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य पनि बढेको छ । १ हजार ६८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ६७० मा कारोबार भएको थियो ।