मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

लुम्बिनीका मुख्यमन्त्री महरासहित चार जनाले लिए शपथ

बुटवल- जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । 

महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् । 

नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । 

लुम्बिनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका महरालाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।